सामग्रीमा जानुहोस्

लामपुच्छ्रे तारा

विकिपिडिया बठेइ
(अाकाशमि देखिया लामपुच्छ्रे तारा)

लामपुछ्रे तारा सौरमण्डलीय निकाय हो जो दुङ्गा, धुलो, हिउँ र ग्याँसका बनेका साना-साना खण्ड हुन्छन्। यो ग्रहका समान सूर्यको परिक्रमा गर्दछन्। साना पथ भयाका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । केही लामपुछ्रे ताराको पथ परबलयाकार हुन्छ र त्यो मात्र एक पल्ट नैं देखिन्छन्। लामा पथ भयाका लामपुछ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन्।

कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भयाका कुचो आकारका चहकिला देखिने वस्तुहरु नै लामपुछ्रे तारा हुन। यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु भनिन्छ। यिनीहरू केहि वर्षको अन्तरालमा सूर्यदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न्। पुच्छ्रेताराहरु वास्तवमा ग्यासिय बरफका डल्लाहरु हुन्। यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलकण मिश्रित ग्यासिय वायुमण्डल हुन्छ। पुच्छ्रेतारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यईका सतही बरफहरु बाफमा बदलिन्छ्न्। यसरी बन्याको ग्यास रे बरफका कणहरु सौर्यबतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न्। अघिकतर लामपुछ्रे तारा हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन्।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]